
८ कार्तिक,
बाँके । कर्तब्य ज्यान मुद्दामा फरार रहेका दुई जनालाइ बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, बाँके जिल्लाको राप्तिसोनारी गाउँपालिका वडा नं.२ बस्ने ३५ वर्षिय रिसवान थारु र सोही ठाउँको २२ वर्षिय यज्ञ राना क्षेत्रिलाइ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार,सम्मानित बाँके जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा १ बर्ष १ दिन कैद र जनही ११,०००।– जरिवाना तोकिएपछि हालसम्म दुवै जना फरार रहेका थिए ।
उक्त फरार रहेका दुवैजनालाइ प्रहरीले पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।





