
५ कार्तिक,
दाङ । जवरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, जिल्ला दाङ घोराही उप–महानगरपालीका वडा नं.१० नारायणपुर बस्ने बर्ष ३४ को धन बहादुर वलीलाइ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, सम्मानित दाङ देउखुरी जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा ७ बर्ष ११ महिना ८ दिन कैद सजाय पाएका थिए ।
उक्त फैसला पछि फरार रहेका वलीलाई घोराही उप–महानगरपालीका वडा नं.१० मा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी सम्मानित दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।





