
४ कार्तिक,
लगातार ३ दिनको बेमौसमी वर्षापछि आएको बाढीपहिरोबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यो संगै ३० जना बेपत्ता भएका छन ।
आज मात्रै बाढीपहिरोबाट ११ जनाको मृत्यु भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु भएको थियो ।
पाँचथर,इलाम, डोटी, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको र सबैभन्दा बढी पाँचथरमा २७ जनाको मृत्यु भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए ।
यस्तै विपद्बाट २० जिल्ला प्रभावित भएका बझाङमा सबैभन्दा बढी २१ जना बेपत्ता भएका छन ।
देशभरको विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।





