
१४ माघ,
बाँके । नेपाली कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सदस्य कृष्णा केसी (नमुना) लाई पार्टीबाट निस्कासन गरेको छ।
पार्टीले आज जारी गरेको विज्ञप्तिअनुसार, आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले अन्य दलको निर्वाचन चिन्ह प्रयोग गरी उम्मेदवारी दर्ता गराएकाले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गरिएको हो।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको ठहर गर्दै केसीलाई तत्काल लागू हुने गरी पार्टी सदस्यताबाट निस्कासन गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ।
कृष्णा केसी (नमुना) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट इम्मेदवारी दिएकी छन ।












