९ कार्तिक,

काठमाडौँ । सरकारले चार जना नयाँ मन्त्री थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् र उनीहरुको आजै शपथ ग्रहण हुने तयारी गरिएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिस अनुसार डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्रालयबब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको हो।

स्त्री–प्रसूति रोग विशेषज्ञ डा. शर्मा पूर्वस्वास्थ्य सचिव तथा नेपाल मेडिकल एसोसिएसनकी पूर्व अध्यक्ष रहिसकेकी छन्। यस्तै, गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् भने खगेन्द्र सुनार दलित अधिकारका क्षेत्रमा सक्रिय अभियन्ता हुन्। बब्लु गुप्ता सामाजिक कार्यक्रम तथा कोभिडकालीन जनअभियानमार्फत परिचित व्यक्तित्व मानिन्छन्।

चार नयाँ मन्त्रीको नियुक्तिसँगै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कार्यकारिणी अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख