
३१ भाद्र,
बाँके । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।
सूचना तथा विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
सूचनामा हेर्नुहोस्!!







