१७ वैशाख,

बाँके । बाँकेको जानकी गाउँपालिकाले २७ सहकारी संस्थासंग सहकारीको प्रतिवेदन माग गरेको छ ।

पालिकाले एक सूचना जारी गर्दै प्रतिवेदन माग गरेको हो । जानकी गाउँपालिकाको क्षेत्राधिकार भित्र रही साविकमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेमा दर्ता भई पालिकामा हस्तान्तरण भएका र जानकी गाउँपालिकाको कार्यालयमा दर्ता भई हाल संचालनमा रहेका सहकारी संस्थाहरु संग प्रतिवेदन पालिकाले माग गरेको छ ।

गाउँपालिकाको सहकारी ऐन को परिच्छेद-११ को दफा ५२ को उपदफा १ (क) बमोजिम सहकारी संस्थाले चौमासिक रुपमा प्रतिवेदन पेश गर्नु पर्ने प्रावधान भए अनुसार गत वर्ष फागुन ३० गते प्रकाशन गरेको सूचना बमोजिम हाल सम्म पनि प्रतिवेदन पेश नगरेका सहकारीको प्रतिवदेन माग गरिएको सूचनामा उल्लेख गरिएको छ।

सहकारी संस्थाहरुले उक्त सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र जानकी गाउँपालिकाको सहकारी विकास शाखामा पेश नगरेमा कानून वमोजिम आवश्यक कारवाही प्रक्रिया बढाईने सूचनामा भनिएको छ।

सूचनामा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित ख