
२२ साउन,
अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यानमारका मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई १५ वर्षको जेल सुनाइएको छ ।
उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पु¥याएको आरोप लगाइएको छ ।
उनीहरूले कथित अश्लिल तस्वीर र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ । सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ ।
वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानी पु¥याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ ।






