१४ फागुन,

सुर्खेत । फोर्स गाडीको ठक्करबाट घाइते भएका सुर्खेतका वडा अध्यक्षको मृत्यु भएको छ ।

घाइते सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष ३० वर्षीय नवराज कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।

मृतक कार्की संगै मोटरसाइकलमा सवार रहेका मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था सामान्य रहेको र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए ।

मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख