१३ फागुन,

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी ल्याउनेहरूलाई हान्न छोडेर आफूलाई ढुंगा हानेको बताएका छन ।

शुक्रबार पोखरामा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन ।

ओलीले भन्छन ‘आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ताली बजाउने, बाबुराम भट्टराईले एमसिसी अगाडि बढाउनुपर्छ भन्दा ढुंगा नहान्ने, कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्छ, कांग्रेसका नेतालाई प्रदर्शनकारीले ढुंगा हान्दैन, सभामुखले टेबल गरेका छन्, ढुंगा हानिँदैन, एमसिसी ठीक छ भनेर टुंग्याउने कृष्णबहादुर महरालाई पनि ढुंगा हानिँदैन’, ’म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन् ।

एमसीसि ल्याउनेहरुले नै आफ्ना कार्यकर्तालाई सडकमा प्रहरीलाई ढुंगा हान्न लगाउने र एमसीसिको विरोध गरेर तामासा देखाएको आरोप लगाएका छन । कांग्रेसको सरकार आएदेखी देशमा शान्ति सुरक्षा कायमा नरहेको उनले दाबी गरे ।

आइतबार एमसिसी टेबल भएको दिन संसद भवनबाट बाहिरिँदै गर्दा प्रदर्शनकारीले ओलीमाथि अवरोध गर्दै ढुंगा प्रहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख