११ फागुन,

बाँके । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ ।

आज नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ ।

आज ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर (धितोपत्र) ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार भएको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घट्दा धेरैजसो उपसमूह पनि नकारात्मक बनेको छ । उपसमूहमा जलविद्युत (१.७) र म्युचुअल फण्ड (०.८४) मात्रै वृद्धि भएको छ ।

दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आज अन्य कम्पनीका शेयर लगानीकर्ताले भन्दा प्रतिशतका हिसाबले धेरै कमाएका छन् । यो कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ ।

यस्तै युनाइेट इदी मार्दी र घलेम्दी हाइड्रोको शेयर कारोबारमा पनि सर्किट लागेको छ ।

सर्वसाधारणतर्फ आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य ३.६२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख