११ माघ,

बाँके । बाँकेमा परीक्षण भएकामध्ये आज(मंगलबार) ६५ प्रतिशत बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा २४७ नमुना परीक्षण गर्दा १६२ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीलो जानकारी दिए ।

उनका अनुसार, संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । नेपालगन्ज, कोहलपुरसहित खजुरा, राप्तीसोनारी, जानकी गाउँपालिकामा पनि संक्रमण दर बढ्दै गएको देखिन्छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८२३ पुगेको छ ।

आज थप ४६ जना डिस्चार्ज भएका छन । भने एकको मृत्यु भएको छ ।

हाल सम्म जिल्लामा कुल संक्रमितको संख्या १९३०८ पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८३४९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख