
११ माघ,
बाँके । नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर २ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।
माघ ८ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
यो संगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ।





