१० माघ,

बाँके । बाँकेमा सोमबार थप १३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा १९५ नमुना परीक्षण गर्दा १३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वालीले जानकारी दिएका छन ।

उनका अनुसार,संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९७ जना छन् । संक्रमण पुष्टि भएका सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरका छन् ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२७ पुगेको छ । आज ३९ जना डिस्चार्ज भएका छन ।

आज संक्रमण पुष्टि भएका संक्रमितसहित जिल्लामा कुल संक्रमितको संख्या १९ हजार दुई सय ११ पुगेको छ । भने डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय तीन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख