नेपालको विगतको परिपेक्ष्यमा जनताको माग पूरा गराउने बहानामा पटक- पटक नेपालमा बन्द र हडताल गर्ने गरिन्थ्यो ।हाल बर्तमान अबस्थामा भने जनताका सर्वहारा नेताका रुपमा आफू हु भन्ने जिद्दी स्वभावका, अटेरी,कानुन र विधिको शासनलाई उल्लंघन गर्ने,प्रधानमन्त्री के.पी शर्मा ओलीको अकर्मणीय हठ र स्वार्थमा तृप्ती भै असंवैधानीक कदम विरुद्ध आफ्नै “खदाने”(खनाल,दाहाल,नेपाल )नेकपा समुहले नेपाल बन्द गरेका छन।बन्द कसले र केसका लागी गरेको भन्ने विषय गौण हो।”खदाने”नेकपाले एक्काइसौं शताब्दीमा बन्दलाइ विरोध गर्ने औजार एवं अश्त्रको रुपमा लिनु,वैज्ञानीक युग र समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नेता बन्ने औकात र नैतिक अधिकार देख्न सकिदैन । बन्दले वास्तवमा सर्वसाधारण ,गरिव,साझ विहान छाक टार्ने जनताका लागि पारिएको एक संकट नै हो। राज्य र जनताका वृहत्तर हित प्रवर्द्धन गर्नका लागि गरिएका ऐतिहासिक संघर्ष र संघर्ष बाट प्राप्त भएका उपलब्धीलाइ कार्यान्वयन गर्न नसक्ने,शक्तिको दुरुपयोग गर्ने,नेतृत्वको दुरदृस्टी र क्षमता को अभाव र नेताहरुको अकर्मणीय कार्य,अनि बन्द हडतालको चपेटामा जनता!!!

नेपाल बन्द गर्ने “खदाने”नेकपा,हिजो चरम भ्रष्टाचार कैयौं कान्ड हुदा,बालुवाटार जग्गा कान्ड ,३३किलो सुन कान्डमा कहाँ थियौ ?निर्मला हत्या कान्डका बेला कहाँ सुतेका थियौ ?कोरोनाको चिकित्सकीय साम्रगी,अनि वाइडबडीको अनियमितता विषय आउदा कहाँ तेल हालेर बसेका थियौ ? जनता हिडेर काठमाडौं बाट रुकुम,नेपालगन्ज,बर्दिया र कंचनपुर जादा के हेरेर बसेका थियौ ?अनि तिमीहरू सत्ताको भाग बन्डा बाट “सडकमा हामी यहाँ छौ” भनी पछारीए पछि गरीव,श्रमिक,किशान र दैनिक रोजीरोटि गर्ने जनतालाई दु:ख दिएर आम हडताल ?आज एका बिहानै काठमाडौंमा ट्याक्सी कसको जलाएको? नेपालगन्ज मा तरकारी बेच्दै गरेको ठेलागाडा सहित तरकारी कसको फ्याकेको?? जनताको कि “केरा”(केपी,राम बहादुर)सरकार को?के यी कुकृत्य गर्दैमा आज तिमीहरू सत्ताधारी हुन्छौ त?आज जनताको खाना घरमा पुर्याइदियौ त “खताने”ज्युहरु?तिमीहरु त राज्य सत्ता प्रधानमन्त्री भएर समाली सकेका छौ।के छैन तिमीहरु सङ्ग?अब उप्रान्त एउटा चिज मात्रै हुने छैन तिमीहरू सङ्ग जनता ।

आवधिक निर्वाचनका माध्यम बाट दुइतिहाइ बहुमत दिए यी जनताले तर तिमीहरू कुर्सी मोहको लागी सधै लडाइँ गरि रहने,अनि आम नागरिक लाई दु:ख कष्ट दिन बन्द र हडताल गर्ने?काम गरेर गुजरा गर्ने जनता लाई रुवाएर बस्ने? १७ हजार मान्छेको नरसंहार गरेर पुगेन?सशस्त्र संघर्ष त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गरि शासन र विकास जनमुखी सञ्चालन गरेको खोइ? सहिद हरु तथा बेपत्ता र पीडित नागरिकहरुलाइ केन्द्र बिन्दुमा राखेर”खताने”सत्ताकाल मा के-के गर्यौ? झन् अझ बढी “केरा”(केपी र राम ब थापा बादल)नेकपा शासन कार्यकालमा भ्रष्टाचार ,दण्डहीनतालाई मलजल गर्न,असंबैधानिक कु गर्न र गराउन “खताने”को भुमिका छैन र? आफ्नो पार्टीको झगडा र कुर्सीको लुछा लुछ्ले जनतालाई सूखी र समृद्धि को झुठो सपना देखाउने अनि व्यबहारमा सधै दुख कष्ट दिने कहिले सम्म?आम नागरिक जान्न चाहन्छ्न।

“खताने” र “केरा”नेकपा अब उप्रान्त कम्तिमा जनता का लागि भनेर जनतालाइ दु:ख दिने यो नाटक र नौटन्की बन्द गर।एकले अर्कालाई गाली गलौज,लज्जास्पद शब्द,अपसब्द ,आरोप प्रत्यारोप गर्ने नाममा तिमीहरूले बोल्ने शब्दले तिमीहरुको राजनीति संस्कार बुझाउछ।गलत ब्यक्ति को हातमा नेतृत्व जादा राजनीति संस्कार धुम्लिएको छ।त्यसैले यस्ता कुसंस्कारयुक्त र गलत आचरण देखिने ,समाजमा राजनीति बारे गलत छाप पार्ने खालका सडक नाटक र रोइला बन्द गर।

“खताने”नेकपा बन्द सदाका लागि बन्द गर।बन्द नै गर्नु छ भने जनतालाई असर नपर्ने गरि सिहदरवार र बालुवाटार मा मात्रै प्रत्यक्ष असर पर्ने गरि “केरा”नेकपा सरकार लाई बन्द गर।सर्बसाधारण आम जनता लाई होइन ।असंबैधानिक कु गर्ने अधिकार “केरा” सरकार लाई छैन ।असंबैधानिक कदम पश्चात यसको फैसला र उत्कृष्ट नतिजा जनता लाई पूर्णरुपमा स्वतन्त्र ,सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्ने न्यायपालिका स्वस्छ,सक्षम र निस्पक्ष सर्वाच्च अदालतले (supreme court) गर्ने छ।

जनताको जनादेश को अपमान गर्ने,पद र कुर्सी मोहका कारणले असंबैधानिक कदम चाल्ने ,बन्द हडताल गर्ने,राजनीतिक पार्टी का आफ्ना खिचातानी का कारण ले जनता लाई दुख दिने प्रवृत्ति को अन्त्य हुनु पर्द्छ।त्यसता प्रवृत्ति देखाउने राजनीति दलहरुलाइ निर्वाचन को माध्यम बाट परास्त गर्ने अठोट जनताले राख्नु पर्द्छ।साथै बन्दको बहानामा अरुको सम्पत्तिमा क्षती पुर्याउने ब्यक्तिलाई पक्राउ गरी सम्पुर्ण नोक्सानीको असुल उपर उसै बाट गराउने ब्यवस्था गरिनु पर्द्छ।त्यसतो ब्यक्ति लाई संरक्षण गर्ने राजनीतिक दल समेतलाई राजनीतिक दल दर्ता खारेजी गर्न सके मात्रै बन्द ,सदाको लागि बन्द गर्न सकिन्छ कि।।।
✍️केशव शर्मा(गौतम )
कोहलपुर १४ बाँके

प्रतिक्रिया

सम्बन्धित ख