२६ चैत्र,

बाँके — प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट मुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

यसअघि रास्वपाका सभापति रवि लामिछानेले मन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष पत्र पठाएका थिए। उक्त पत्रमा मन्त्री साहले पदीय मर्यादा विपरीत कार्य गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बिमा बोर्डको सदस्यमा निरन्तरता दिलाएको आरोप उल्लेख गरिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट यस्तो कार्य पुष्टि भएको जनाउँदै उक्त विषयले पार्टीको छवि, आदर्श र सिद्धान्तमा नकारात्मक प्रभाव पर्ने ठहर गरिएको पत्रमा उल्लेख छ।

यस्तै, पार्टी विधानको प्रावधानअनुसार पदको दुरुपयोग भएको अवस्थामा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको भन्दै मन्त्री साहलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो। साथै, विषयप्रति अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन पनि आग्रह गरिएको छ।

रास्वपाको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख