२४ चैत्र,

बाँके : टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ। सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाईसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ ।

अब प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन्। यससँगै ‘पे-एज-यू-गोज विकल्प उपलब्ध हुनेछ। जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ।

प्राधिकरणका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको छ र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। ‘सामान्य रूपमा भन्दा अब डेटा सकिएपछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याक लिने भन्ने जानकारी दिइनेछ,’ उनले भने। उनका अनुसार यूएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागु हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउनेछन्।

मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि यो विषय समावेश गरिएको छ । कार्ययोजनाअनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ।

सोहीअनुसार नेपाल टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ग्राहक केन्द्रित सुधारका कदम अघि बढाएको जनाएको छ। विशेषगरी मोबाइल डेटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख