२४ चैत्र,

बाँके । सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित दूतावासहरूलाई पत्र पठाउँदै भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकामा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाइएको जानकारी गराएको छ। फिर्ता बोलाइएका राजदूतहरूमा डा. शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), डा. पूर्णबहादुर नेपाली (श्रीलंका), डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) रहेका छन्।

सरकारले उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्किन निर्देशन दिएको छ। ती राजदूतहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त गरेको थियो।

यसअघि पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको गैरदलीय अन्तरिम सरकारले गत असोज ३० गते ११ देशमा कार्यरत नेपाली राजदूतहरूलाई एकसाथ फिर्ता बोलाएको थियो। त्यतिबेला चीन, जर्मनी, जापान, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरेबिया, बेलायत, अमेरिका र स्पेनका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाइएको थियो।

सरकारको पछिल्लो निर्णयलाई कूटनीतिक नियुक्तिमा राजनीतिक हस्तक्षेप घटाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख