१९ चैत्र,

बाँके —  बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा स्थानीय २९ वर्षीय कमरुद्दिन जागा र २२ वर्षीय जमाल हसन जागालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट शुद्ध तौल २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख