
१ चैत्र,
बाँके : सरकारले रिक्त रहेको एक जना राष्ट्रियसभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित वामदेव गौतमको कार्यकाल सकिएसँगै एक सदस्यको स्थान रिक्त छ। त्यसैमा उनलाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो।










