
६ माघ,
बाँके — शिक्षा मन्त्री महाबिर पुनले पदबाट राजीनामा दिएका छन्। मन्त्री पुनले आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
नागरिक सरकारका तर्फबाट शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका पुनले अभियानलाई प्राथमिकता दिँदै पद छाडेको बताइएको छ। चुनाव गराउने सरकार गठन भएको अवस्थामा निर्वाचन सम्पन्न नहुँदै विभिन्न मन्त्रीहरूले राजीनामा दिइरहेका बेला मन्त्री पुनको राजीनामा भने व्यक्तिगत अभियानमा केन्द्रित हुने उद्देश्यसहित आएको जनाइएको छ।












