
२२ मंसिर
काठमाडौं — नेपाल विद्युत् प्राधिकरण (नेपा) का पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। उक्त निर्णय गलत भएको भन्दै शाक्य सर्वोच्च अदालतमा गएर रिट दायर गरेका थिए।
शाक्यको रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेल को इजलासले उनलाई कार्यकारी निर्देशक पदमा पुनर्स्थापित गर्न आदेश दिएको हो।
सर्वोच्चले मन्त्री घिसिङको निर्णय कानुनीरूपमा उचित नदेखिएको ठहर गर्दै शाक्यलाई पूर्वावस्थामा फर्काउन निर्देशन दिएको हो।












