
२१ मंसिर,
बाँके — चोरी मुद्दामा अदालतले गरेको सजाय कार्यान्वयनका लागि फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
सम्मानित बाँके जिल्ला अदालतको मिति २०७२/११/२१ को फैसलाले ५ महिना ११ दिन कैद र रु ५,००० जरिवाना तोकिएका बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने सन्तोष शर्मालाई पक्राउ गरिएको हो।
पक्राउ परेका शर्मालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक तथा नि. सूचना अधिकारी रमेश बिष्टले जानकारी दिए ।












