१८ मंसिर,

बाँके । भारतले नेपालमा १०० रुपैयाँभन्दा ठूला सबै दरका भारतीय नोट चलाउन अनुमति दिएको छ। भारतीय रिजर्भ बैंकले केन्द्रीय राजपत्रमार्फत सूचना जारी गर्दै ठूलो दरका नोट प्रयोगमा रहेको प्रतिबन्ध हटाएको हो।

भारतीय राजपत्रमा प्रकाशित सूचनाअनुसार अब नेपाल वा भुटानबाट भारत यात्रा गर्ने व्यक्तिले १०० रुपैयाँभन्दा माथिका भारतीय नोट अधिकतम २५ हजार रुपैयाँसम्म साथमा बोक्न सक्नेछन्।

सन् २०१६ को नोटबन्दीअघि नेपालमा ५०० र १००० रुपियांका भारतीय नोट कारोबार हुने गर्थे, तर नोटबन्दीपछि भारतले १०० दरका नोट बाहेक अन्य सबै नोटमा प्रतिबन्ध लगाएको थियो।

हाल भारतमा २००० रुपैयाँसम्मका नोट प्रचलनमा छन्। नेपालमा यिनको चलनचल्ती रोकिएको थियो। तर अब भने सबै प्रकारका भारतीय नोट नेपालमा चलाउन सकिने भएको छ। यो सुविधा भुटानलाई पनि दिइएको छ।

केही समयअघि भारतीय रिजर्भ बैंकले मौद्रिक नीतिमा संशोधन गर्दै नेपाली व्यवसायीलाई भारतीय बैंकमार्फत ऋण लिनसक्ने व्यवस्था गरेको थियो। आफ्नो मुद्रा प्रभाव विस्तार गर्ने भारतको पछिल्लो कदमको रूपमा यो निर्णय हेरिएको छ।

नेपाल आउने भारतीय पर्यटकका लागि भने २५ हजार भारतीय रुपैयाँसम्म मात्रै बोक्न पाउने सीमाना यथावत राखिएको छ। ठूला नोट चलनचल्तीमा आएपछि भुक्तानी र कारोबार सहज हुने अपेक्षा गरिएको छ।

भारतमा काम गरेर फर्किने नेपालीले पनि अब ठूला भारतीय नोट साथमा ल्याएर नेपालमा सटही गर्न सक्नेछन्। तर पाकिस्तान र बंगलादेशका नागरिकले भने नेपाल आउँदा ठूला दरका भारतीय नोट ल्याउन पाउने छैनन्।

प्रतिक्रिया

सम्बन्धित ख