४ मंसिर,

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी पक्राउ परेका छन् । सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले वडाअध्यक्षद्वयलाई पक्राउ गरेको हो । वडाअध्यक्षद्वय गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीहरुले बुधबार सिमरामा भएको वादविवादको क्रममा जेन–जी युवामाथि कुटपिट गरेका थिए । आफूहरुमाथि कुटपिट भएको भन्दै जेन–जी युवाहरुले वडाअध्यक्षद्वयसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जेन–जी युवामाथि कुटपिट गर्ने बाँकी ६ जनालाई पक्राउ नगरिएको भन्दै आज पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनका कारण यातायात ठप्प रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख