१ मंसिर,

ढाका । बंगलादेशमा गत वर्ष भएको विद्यार्थी आन्दोलन दमनका क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको ठहर गर्दै अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले सोमबार सुनाएको फैसलाअनुसार न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सहितको तीन सदस्यीय इजलासले हसिनासहित तीन जना उच्च अधिकारीलाई कसुरदार मानेको हो।

मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, तत्कालीन गृहमन्त्री र तत्कालीन प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएकामा अदालतले तीनै जनालाई दोषी ठहर गरेको जनाएको छ।

अदालतका अनुसार आन्दोलन नियन्त्रणका नाममा प्रदर्शनकारीको खोजी तथा पहिचानका लागि सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न हसिनाले अनुमति दिएकी थिइन्। साथै प्रदर्शन भइरहेको स्थानमा हेलिकोप्टरबाट बम खसाल्नसमेत निर्देश दिएको प्रमाणिका आधारमा पुष्टि भएको अदालतले जनाएको छ।

यो मुद्दामा ५४ जना व्यक्तिको बयानलाई आधार बनाइएको बताइएको छ। अदालतको सुनुवाइ प्रक्रियामा शेख हसिना उपस्थित भएकी थिइनन्। उनी हाल भारतमा रहेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित ख