
३० कार्तिक,
बाँके — बाँके जिल्लाको नेपालगञ्ज तथा कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा गरिएको अनुगमनका क्रममा अबैध एवं गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार (आज) गरिएको अनुगमनका क्रममा सम्बन्धित सञ्चालकसहित ११ जना महिला र ७ जना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार अनुगमनको उद्देश्य स्थानीय क्षेत्रमा फैलिरहेका अवैध गतिविधिहरू नियन्त्रणमा ल्याउनु र व्यावसायिक अनुशासन कायम गर्नु रहेको छ।











