१६ भदौ,

बाँके । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सोमबारदेखि आईपीओ खुला गरेको हो ।

यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आईपीओ निष्काशन गरिएको थियो । त्यसपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरिएको हो ।

हाइड्रोको जारी पूँजी ८३ करोड रुपैयाँ रहेको छ । सोमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने योजना कम्पनीले बनाएको छ । जसअन्तर्गत ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावितलाई, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई, एक लाख एक हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।

यी सबै बाँडफाँड भएपछि सर्वसाधारण लगानीकर्ताका लागि १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार ५०० कित्ता साधारण शेयर खुला हुनेछ । प्रतिकित्ता १०० रुपैयाँका दरमा शेयर जारी गरिनेछ ।

निवेशकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख