कोहलपुर बाँके मा आज बाट पश्चिम क्षेत्रकै आधुनिक स्वास्थ्य सेवा दिने उद्देश्यले H & H अस्पताल कोहलपुर–११, उज्वल रोडमा आजदेखि औपचारिक रुपमा सेवा सुरू गरिएको छ।

उद्घाटन दिवसको अवसरमा अस्पतालले विशेष अफर सार्वजनिक गरेको छ। आज मात्र उपलब्ध हुने सेवाअनुसार जनरल मेडिसिन, महिला तथा प्रसूति, हाडजोर्नी र बालरोग सम्बन्धी चिकित्सकको परामर्श निशुल्क दिइने भएको छ। साथै, ल्याब सेवामा २५ प्रतिशत छुट र भिडियो एक्स–रेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ।

अत्याधुनिक सुविधा, दक्ष चिकित्सक टोली र सहज वातावरणसहित सञ्चालनमा आएको यस अस्पतालले बाँके मात्र नभई सम्पूर्ण पश्चिम क्षेत्रका स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

📍 स्थान: कोहलपुर नगरपालिका–११, उज्वल रोड, बाँके

प्रतिक्रिया

सम्बन्धित ख