काठमाडौं, २७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कर्मचारीहरूमाथि नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमार्फत मासिक ३ करोडभन्दा बढी रकम संकलन गरेको आरोपमा कारबाही अघि बढाएको छ।

टंगालस्थित आयोगको मुख्य कार्यालय र बुटवल तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको संयुक्त टोलीले आज विशेष अपरेसनमार्फत चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज के.सी., र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरद कुमार गोराथोकी रहेका छन्।

उनीहरूलाई प्रयोग गरिएको बिद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

अख्तियारले प्राप्त उजुरी र सूचनाका आधारमा लामो समयदेखि अनियमितता भइरहेको ठहर गर्दै छापा मारेको जनाएको छ। आयोगले यस प्रकृतिको अपराधमाथि शून्य सहनशीलताको नीति अनुरूप कडा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख