
बालेनले गलत हत्याएका सिडियो वसन्त अधिकारीले दुई प्रहरी सिपाहीलाई ‘अन द स्पट’ निलम्वन गर्न दिए आदेश दियका थिय ।
काठमाडौं । चौविसै घण्टा सडकमा उभिने दुई प्रहरीका सिपाहीलाई ‘अन द स्पट’ निलम्वन गर्न आदेश दिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । त्यसरी निलम्वन गर्ने आदेश दिने व्यक्ति हुन बारा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी । बारा जिल्लाको गण्डक चोकमा डिउटीमा खटिएर बसेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी जवानलाई तत्काल निलम्वन गर्न भन्दै जिल्लाका एसपीलाई निर्देशन दिएको देखिन्छ ।
स्थानीयहरुले दैनिक गुजाराका लागि बोरामा दाल चामल लिएर जाँदा पनि डिउटीमा खटिएका प्रहरीले चेक नगरेको भन्दै अधिकारीले निलम्वन गर्न एसपीलाई फोन गरेको देखिन्छ । प्रहरीको सवैभन्दा तल्लो दर्जा प्रहरीमा जागिर खाईरहेका दुई प्रहरीले ठूलै अपराध गरे जस्ते गरी वसन्तले सातो लिएका छन् । त्यसो भए वसन्त अधिकारी दूधले नुहाएका निष्कलंक सिडियो हुन् त ?
वसन्त अधिकारीले केही समय अघि बारा जिल्ला अस्पतालका चिकित्सकहरुलाई अपशब्द बोलेको भन्दै तत्काल पदबाट हटाउन भन्दै चिकित्सक संघले विज्ञप्ति नै प्रकाशन गरेको थियो । बारामा सिडियो भएर गएदेखि नै उनी यस्तै हर्कत गर्दै आईरहेका छन् । वसन्त अधिकारीलाई प्रहरीलाई निलम्वन गर्नु भनेको झिंगा मारको जस्तै लाग्ने रहेछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदा त्यहाँ कार्यरत रहँदा ४२ जना नगर प्रहरीहरुलाई यसै गरी निलम्वन गर्न लगाएका थिए । नगर प्रहरीको कुनै दोष नदेखिएपछि एकमहिना पछि उनीहरुको निलम्वन फुकुवा गरिएको थियो ।6a8a6ade-48f3-4032-894c-c0a01375a4b1
काठमाडौं महानगरपालिकामा रहँदा भ्रष्टाचारको मुख्य नाईके नै थिए वसन्त अधिकारी । साधारण फाइलमा पनि विना कमिशन काम गर्दैनथे । अझ उनले महानगरपालिकाका कतिपय सप्याई तथा टेण्डरका काम त उनकै भतिज पर्ने मार्फत गराउँथे ।
शिक्षा क्षेत्रको परिवर्तनका लागि मेयर बालेन र उनको समूह अहोरात्र खटिरहँदा सामुदायिक विद्यालयमा हुने सवै कामको फेहरिस्ता र खर्च रकम उनलाई बुझाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिएका थिए । सामुदायिक विद्यालयमा भएका अधीकान्स कामबाट कमिशन खाएका उनले मेयर बालेनलाई झुक्याईरहेका थिए । पछि मेयर बालेनले सो कुरा थाहा पाएपछि वसन्त अधिकारीलाई कार्यालय प्रवेश मै रोकिदिएका थिए ।
महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा छोराको विहेको भोजको खर्च समेत चितवनमा कर्मचारी भ्रमणको शीर्षक मिलाएर महानगरपालिका बाटै तिर्न लगाए को आरोप वसन्त अधिकारी लाइ लागेको छ । वसन्त अधिकारीले आफूले भनेको नमानेकै कारण महानगरपालिकामा कार्यरत एक करार महिलालाई कर्मचारीको लामो समयसम्म करारको म्याद समेत नथपिदिए पछि सो विषय संघीय मामिला मन्त्रालयमा समेत पुगेको थियो ।