
१४ फागुन,
काठमाडौँ : फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आज साँझ भएको फाइनलमा घरेलु टोली नेपाललाई २-० गोलले स्तब्ध पार्दै म्यान्माले उपाधि उचालेको हो।
झण्डै चार दशक लामो महिला अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म नेपालले उपाधि जित्न सकेको छैन। अहिलेसम्म नेपालले १३ वटा फाइनल खेल्दा सबै फाइनलमा हार बेहोरेको छ।
साफ च्याम्पियनसिप, साग र अन्य ३ प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको तितो इतिहास छ।












