
८ भदौ,
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवा गाँजासहित प्रक्राउ परेको छ ।
पक्राउ पर्नेमा, चितवनको खैरेनी वडा नं. १० को २९ वर्षीय बुद्धिराज पाठक रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेको पाठकको ब्याग स्क्यानिङ्ग गर्ने क्रममा गाँजा फेला पारी संलग्न रहेको पाठकलाई लागु औषध नियन्त्रण ब्युरोमा बुझाइएको प्रहरीले जनाएको छ ।