
श्रावण-२८,बाँके
✍️बिजय काफ्ले ।
ईलाका प्रहरी कार्यालय कोहलपुरको प्राङ्गण अघि नै मोटरसाइकल चोरी हुदा प्रहरी प्रशासन माथी नै गम्भीर प्रश्न उठेको छ ।
ईलाका प्रहरि कार्यालय अघाडी करिब दिउसोको २ बजे प्रबेश गरेका कोहलपुर निवासी मान बहादुर शाही काम सकेर फर्किदै गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरअघि पार्किंग गरिएको बाईक नै चोरी भएको हो । प्रहरी कै आँखा अघि मोटरसाइकल चोरी हुदा प्रहरी निरीह भएको छ । तर करिब २४ घण्टा बितिसक्दा समेत प्रहरीले चोर लाई पक्राउ गर्न नसक्दा ईप्रका कोहलपुरको नेतृत्व सम्हालेका रबिन्द्र खनाल माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
यसरी प्रहरी कै आँखा अघि मोटरसाइकल चोरी भएको यो पहिलो घटना भने हैन । तर प्रहरी को आँखा अघि नै चोरी हुदा त्यस क्षत्रको सुरक्षा ब्यवस्थापन कम्जोर भएको साबित हुने गर्दछ । विभिन्न बन्यजन्तुको छाला जस्ता अबैध सामन पक्राउ गरेर हाइ हाइ कमाएका डिएसपि खनाल पछिल्लो समय घुमुवा बाट असुली धन्दा चलाएको भन्दै बिबादमा मुछिएका छन ।
त्यसैगरि इप्रका कोहलपुर अन्तरगर नै पर्ने ठाउमा खुलेआम यौन धन्दा चलि रहेको प्रहरिलाई थाह नभएको भने हैन । तर सादा पोसाकका खाटिने प्रहरी अर्थात घुमुवाको माध्यम बाट सेटिङ मिलेकै कारण यसरी अबैध धन्दाहरु कोहलपुरमा मौलाएको पाइएको छ ।
कोहलपुरमा व्यापक मात्राका जुवा समेत दिनहु लाखौ रकमको भइरहन्छ । जुवाडेहरुको उच्च पहुच कै कारण प्रहरी मौन देखिन्छ ।
त्यसैगरि वाइसीएलका जिल्ला संयोजक आकाश कार्कीका आमाको हत्या भएको भनिएता पनि अझै दोसि पत्ता नलाग्दा इप्रका कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँके कमजोर र फितलो देखिएको छ।