
२७ साउन,बाँके
✍️बिजय काफ्ले ।
बाँके अपडेट : बाँकेको कोहलपुर नगरपालिका सबै भन्दा बढि भ्रष्टचार मुद्दाको उच्च स्थानमा परेको छ । यद्यपी कोहलपुर नगरपालिका पछिल्लो समयमा विभिन्न कामहरुको विवादमा आईरहेको सबै आम जनता नगरबासिलाई अबगत कुरा हो । जिल्लाकै सबै भन्दा बढि भ्रष्टचार मुद्दामा कोहलपुर नगरपालिका रहेको छ । जस अन्तरगत १६ मुद्दा मौज्दात अर्थात गत आर्थिक बर्षको रहेको अख्तियर को बिवरणमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटल, सम्पर्क कार्यालय नेपालगंञ्जले २७ गते बुधवार बाँके जिल्लामा आर्थिक वर्ष २०७७÷७८ को अन्तमा स्थानीय तहहरुको सबै भ्रष्टचार मुद्दाका उजुृरीहरु पत्रकार सम्मेलन राखि सार्वजनिक गरेको छ ।
यद्यपी नेपालगंञ्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सबै भन्दा बढि भ्रष्टचार मुद्दाको उजुरी परेको बाँकेको कोहलपुर नगरपालिका रहेको छ, भने दोस्रो स्थानमा बर्दियाको बढैयाताल गाउँपालिका, तेस्रो स्थानमा बाँकेको राप्तीसोनारी गाउँपालिका र चौथो स्थानमा नेपालगंन्ञ्ज उप–महानगरपालिका रहेको अख्तियार अनुसन्धान आयोग सम्र्पक कायालय नेपालगंन्ञ्जले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।