नवलपरासीको गेर्मी नाकामा भन्सार छलेर अवैधरुपमा नेपाल ल्याई लुकाएर गोदाममा राखेको ३५ लाख बराबरको चिनी र केराउ बरामद भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासीले बरामद गरेको हो ।बरामद भएका सामग्रीमा ४० क्विन्टल चिनी र ३८० क्विन्टल हरियो केराउ रहेका छन् ।गोदाममा लुकाएर राखेको अवस्थामा सुस्ता गाउँपालिका– १ बरुवाबाट सोमबार राति उक्त सामग्री बरामद भएको गणका प्रमुख एसपी प्रकाश वाग्लेले जानकारी दिनुभयो । उक्त तस्करी गरेर भित्राइएको सामान महेन्द्र ठाकुरको रहेको पाइएको छ ।
महेन्द्र ठाकुर विगत लामो समयदेखि कहिले प्रत्यक्ष र कहिले अप्रत्यक्ष रुपमा अरुलाई प्रयोग गरि तस्करी धन्दा गर्दै आइरहेका छन् ।पुर्व वडाध्यक्ष रहेका ठाकुर विगत देखि नै रक्तचन्दन , सुपारी , केराउ लगायतका सामानहरुको तस्करी धन्दामा मुछिएका व्यक्ति हुन सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको तस्करीको सामान महेशपुर भन्सार बुझाएता पनि अहिले सम्म उक्त सामान कसैले स्वीकार गरेको छैन!सुस्ता र प्रतापपुर गाउँपालिकाका सीमा नाकाबाट केही दिन पहिले देखि जीप, मोटरसाइकल र साइकलबाट ओसारपसार गरी गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा उक्त सामग्रीहरु बरामद गरेको एसपी वाग्लेले बताएका छन्।आएको समेत खुलेको छ।
स्थानीय ज्ञानप्रसाद अर्याल को घर पछाडी रहेको गोदामबाट २५ केजी दरका १५७ बोरा चिनी र ३० र ५० केजीका १२५० बोरा केराउ बरामद भएको हो ।अवैध सामग्रीहरु कस्को हो भन्नेबारे अनुसन्धान भइरहेको ‘राति भएकाले व्यक्ति पहिचानभन्दा पनि सामान बरामदतर्फ लागेको गोदाममा रहेको जग्गा ज्ञानप्रसादले भाडामा दिएको भन्ने बुझिएकाले सम्बन्धित व्यक्तिलाई पनि पहिचान गर्ने काम भइरहेको छ भनि एसपी वाग्लेले बताउनु भएको छ। सशस्त्र प्रहरी बल नेपालले बरामद गरेर पठाएको चिनी र केराउको अन्दाजी मूल्य ३५ लाख बराबरको रहेको भन्सार प्रमुख बुद्धिबहादुर चुँडालले बताउनु भएको छ ।१५ दिन पहिले सरुवा भएर आएका सशस्त्र प्रहरी बल नेपालका एसपी वाग्लेले ठूलो परिमाणको अवैध सामग्रीहरु बरामद गरेका हुन् ।बुधबार पनि भारतबाट तस्करी गरि भित्राइएको १५० बोरा चिनी प्रहरी र राजश्वको टोलीले बरामद गरेको थियो।साथै मोवाइलका सामान पनि प्रहरीले बरामद गरेको छ। उक्त मोवाइलको सामान बालमुकुन्द रौनियारको भएको स्रोतले बताएको छ ।
अहिले तस्करी धन्दा सबैभन्दा बढी गेर्मी नाकाबाट भैरहेको छ । नेपाल प्रहरीको संरक्षण र सेटिङमा यहाँबाट व्यापक तस्करी भएको स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख