
✍ गोविन्द भण्डारी
बाँके,नेपालगंज क्यू एफ एक्स (QFX)फिल्म हल नजिकै रहेको मासु बजारमा खसी ,बोका ,काटेर मासुको तौलको बढाउन को लागि पानी को बाटामा डुबाएर राख्ने गरेको पाइएको छ। बाख्री काटेर खसीको मासु भनि बेच्ने गरेको आरोप उनीहरु माथि लाग्दै आएको छ।नेपालगंजका विभिन्न मःम पसलहरुमा यिनै खसी ,बोका र बाख्री को बोसो लगेर मः म बनाउने गरेको नाम नबताउने सर्तमा एक मासु पसलेले बाँके अपडेटलाई बताएका छन्।यस्तो कार्य गरी जनताको स्वास्थ्य माथी खेलवाड भइरहँदा समेत खाध्य गुणस्तर विभाग बाँके, जिल्ला प्रशासन बाँके , नेपालगंज उपमहानगर पालिका लगाएत अन्य सरोकार वाला निकायहरुले यस बिषयमा कुनै पनी चासो नलिएको त्यहाँका उपभोक्ताहरुले बाँके अपडेट संग गरेका छन्।









