
✍ गोविन्द भण्डारी
मिति २०८०/११/०१ गते १२:३५ बजेको समयमा कोहलपुर न.पा २ सुर्खेत रोडमा कोहलपुर बाट कौशिलानगर तर्फ जाँदै गरेको भे ६ प ८८७८ न . को मोटरसाइकले पैदल यात्री करिब अन्दाजी ६०/६५ बर्ष कि नाम र वतन नखुलेकि पैदल यात्री महिला लाई ठक्कर दिदा गम्भीर घाइते भइ उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोहलपुरमा उपचार सम्भव नदेखिएपछी तत्कालै नेपालगन्ज नर्सिङ होम मा रिफर गरिएको छ। मोटरसाइकल र चालकलाई इ .प्र .का .कोहलपुर ले नियन्त्रण मा लिएको छ । घाइते महिलाको टाउको र मुखमा गम्भिर चोट लागेको छ।








