११ साउन,

बाँकेको कोहलपुरमा कोभिड १९ विरुद्ध भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।

कोहलपुर नगरपालिकाले ०७८÷०४÷०८ गते एक सुचना जारी गर्दै को.न. पालिका स्तिरीय अन्तर्गतका १५ वटै वडाको संस्थामा खोप केन्द्र राखेर १०, ११ र १२ गते सम्म खोप अभियान सुरु गरिएको हो ।

यद्यपी कोहलपुर नगरपालिका नगर सभा हलमा कोभिड विरुद्ध खोप लगाउन जानेको भिडभाड निकै रहेको छ, “जहाँ कोरोना खोप लगाउन आएको मान्छे झन उल्टै कोरोना संक्रमण भएर जाने स्थिति त्यहाको भिडको दृश्ले देखाउछ ।

कोभिड विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरे संगै नगरपालिका लगायत सम्पुर्ण ठाउँमा खोप लगाउनकै लागि नेता र कर्मचारीहरुले आफन्तका लागि पावरको कसरत गरिरहेको पाइएको छ ।

बाँके अपडेटका एकजना संचारकर्मी त्यहाँ पुगेर सबै जानकारी बुझ्दा कोहलपुर नगरपालिकामा खोप लगाउन पनि ठुला बढाको पावर र सेटिङ्ग भएपछि खोप लगाउन पाइने र लाईनमा नलागेर सिधै भित्र प्रवेश गरि कोरोना खोप लगाएर फर्किरहेको केहि पिडितले बाँके अपडेटका संचारकर्मीलाई गुनासो गरेका छन् ।

“पिडित भन्छन्” कोरोना खोप लगाउनकै लागि खाई नखाई गरि घरबाट आएर घण्टौँ लाईनमा बस्दा पनि पालो नआउने भएपछि र लाईनमा बस्दा पनि कोरोना संक्रमण भएर घर फर्कने स्थिति समेत रहेको आ–आफ्ना दुःख बताएका छन् । तर समन्धित निकाय, प्रशासन र कर्मचारीहरु भने रमिते बनेर बसेको देखिन्छ ।

नगर प्रहरी, स्वास्थ्यका कर्मचारी, नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी आदि सबै उक्त ठाउमा रहेता पनि भिड ब्यवस्थापन भने हुन सकेको छैन ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी ठेलागाडा उठाउने र साना ब्यापारी लाई तर्साउन मात्र प्रयोग भएको देखिन्छ । यस बिषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

अन्यथा कोरोना विरुद्ध खोप लगाउन गएकाहरु खोप नपाइ उल्टै सन्क्रमित हुने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित ख