
श्रावण-१०,बाँके
✍️बिजय काफ्ले ।
पिज(पक्कि) बाटो माथी ढुङ्गा हालेर असारे बजेर स्वाहा पारिएको छ ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर १२ खड्कवार प्रवेशद्वार एबम बाँके राष्ट्रिय निकुञ्जको पर्यटकिय स्थल हात्तीसार जाने बाटोमा पक्कि बाटो माथी ग्राबिल (ढुङ्गा) बिच्छाएर असारे बजेट स्वाहा परिएको हो ।
उक्त बाटोमा केही खाल्डाहरु रहेको हुदा, खाल्डो पुर्न भन्दै लाखौ रकमको ढुङ्गा,गिटि बाटोमा फालियो । तर पिज बाटोमा ग्राबिल र ढुङ्गा हाल्दा स्थानीयलाई हिडडुल गर्न समेत असहज भएको बाँके अपडेट सङ बताएका छन । पिज बाटो मर्मत गर्ने बहानामा जनताको कर बाट उठाएको पैसा दुरुपयोग गर्दै केही टिपर ढुङ्गा,गिटि फालेर जनप्रतिनिधिको र कर्मचारीको मिलेमतोमा जनताको आँखामा छारो हालेका छन ।
पिज बाटो सामान्यतया भत्किए पछि कि नया निर्माण गर्ने वा भएको वाटो लाई मर्मत सम्भार गर्ने प्रबधान रहेको छ ।तर पिज बाटोको खाल्डा पुर्ने बहानामा नामको मात्र उपभोक्त समिती निर्माण गरि सस्तो मुल्यको ढुङ्गा गिटि लाई बाटोमा अव्यवस्थित तरिकाले फाल्दै पैसा दिने र आफ्ना कार्यकर्ता पोस्ने काम कोहलपुर नगरपालिकाले गरेको छ ।
स्रोतका अनुसार ‘कागजी प्रक्रिया पूरा गर्न योजना अधिकृत ,उच्च स्तरका कर्मचारी, मेयर र उपमेयर निकटका आफ्ना कार्यकर्ता लाई नै सुटुक्क बोलाउने र ३ वटा समन्धित कामको फर्म पेश गर्न लगाउने । आफू खुसी अत्याधिक मुल्यमा सेटिङमा बिना प्रतिस्पर्धा ठेक्का पार्ने र मोटो रकम कार्यकर्ताको हातसम्म पुर्याउदै कोहलपुर नगरपालिकाका जनप्रतिनिधि र केही कर्मचारीले कार्यकर्ता पोषित गर्दै’ आएको भनाइ छ ।
यसरी पिज बाटो माथी विभिन्न समिती खडा गरि जनताले तिरेको कर बालुवामा पानी हाले झै भएको छ । पिज बाटो बनाउने बहानामा ढुग्गा र गिट्टी हाल्दै हिड्नै नमिल्ने अवस्था सिर्जना भएको हुदा यस्ता गैर जिम्मेवार काम गर्ने जनप्रतिनिधि र कर्मचारी लाई कानुनी दायरामा ल्याउन जरुरी रहेको एक स्थानिए नेताले बाँके अपडेट लाई बताए ।
यस बिषयमा बास्तबिकता बुझ्न कोहलपुर नगरपालिकाको आधिकारिक वेब साइट मा गइ वडा नम्बर १२ का कामचलाउ अध्यक्ष नैन बहादुर शाहीको नम्बरमा सम्पर्क गर्दा गलत नम्बर समाबेस गरिएको रहेछ। भने त्यहा उपलब्ध भएको अर्का वडा सदस्यको नम्बरमा फोन गर्दा फोन स्विच अफ गरिएको छ । र कोहलपुर नगर पालिकाको योजना अधिकृत अग्नि आचार्य संङ फोन सफल हुन सकेन ।