२३ असोज,

बाँके। नेपालगन्जमा पूर्णरुपमा कर्फ्यु हटाइएको छ ।

असोज १६ गते मंगलबार दिउँसो १ बजे देखि नेपालगञ्जमा अनिश्चितकालका लागि लगाइएको कर्फ्यू पूर्णरुपमा हटाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी द्वारा हस्तारक्षीत विज्ञप्तिमा असोज २३ गते मंगलबार बिहान ४ बजे देखि पूर्णरूपमा कर्फ्यू र निषेधाज्ञा हटाइएको उल्लेख गरिएको छ । यस बीचमा जिल्ला प्रशासन कार्यालय बाँकेले दिनभर निषेधाज्ञा र राती कर्फ्यु जारी गर्दै आएको थियो ।

असोज १६ गते हिन्दूहरूको समूहले नेपालगञ्जमा भेला भएर र्याली तथा प्रदर्शन गर्ने क्रममा हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको थियो । ठूलो संख्यामा निस्किएको जुलुसमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख