३१ असार,

ईलाम : मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ। बुधबार दिउँसो अन्दाजी ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका ४ का वडा सदस्यसमेत रहेका ३६ वर्षीय राईको झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमा घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्डअन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख