सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई जवानहरु रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बन गरिएकोछ। सशस्त्र प्रहरी निरीक्षक राईलाइ गृह मन्त्रालय तथा  जवानहरु तामाङ बास्तोलालाई सशस्त्र प्रहरी बलनेपाल नं बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो।

यसअघि सो घटनाको छानविनको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्रप्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएकोथियो। सो समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।सोही घटनाकोछानबिनको लागि कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले पनिसशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै सदस्यीय छानबिन समिति गठन गरेको छ।

सो घटनामा सादा पोशाकमा खटिएका इन्स्पेक्टर नमप्रभाव राईको टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरीवरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायकहवल्दार शान्तबहादुर राई सशस्त्र जवान उमेश राजवंशी पानीमा चोबल्दै भाटाले कुटपिट गरेका थिए।राम्रोसँग ड्युटी नगरेको तस्करीको लाइन खुलाएको आरोप लगाउँदै इन्स्पेक्टरले भाटैभाटाले हानेका थिए।इन्स्पेक्टर राई बराह बाहिनी पोकलीबाट घुमुवाको रुपमा सादा पोशाकमा खटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख