
२७ चैत,
बर्दिया । बर्दियाको मैनापोखर बाट प्रहरीले अवैध रुपमा भन्सार छलीको सामान बरामद गरेको छ ।
बढैयाताल गा.पा.वडा नं.२ फुटहा स्थित बाटो छेउमा अवैध रूपमा भारतबाट भन्सार छलीको सामान इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियाले बरामद गरेको हो ।
प्रहरीका अनुसार, जम्मा अ. मुल्य रू ५०८१०/- (अक्षरेपी पचास हजार आठ सय दश मात्र) मुल्य बराबरको तोरी, माउन्टेन डिउ, चिनी, भेली, पेन्ट, थ्रेसरमा प्रयोग हुने ब्लेड, चक्लेट, नम्किन,सलाई लगायतका किराना सामानहरु बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको हो ।
उक्त सामानहरु आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय,गुलरिया, बर्दिया पठाईएको प्रहरीले जनाएको छ।










