जेष्ठ-१४,बाँके ।

कोहलपुरका सामाजिक कार्यहरुमा सकृय युवाहरुद्धारा स्वस्फुर्त रुपमा सामाजिक सेवाभावका साथ बन्दाबन्दीको समयमा कोभिडका कारण थला परेका बर्ग एवं समुदायसम्म पुगि केही राहत स्वरुप खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने पबित्र उदेश्यका साथ स्थापना गरिएको कोभिड खाद्य बैंक कोहलपुरमा, सफल ब्यवसायी माईकल सापकोटा द्धारा खाद्य बैंकलाई रु ५५५५ /- नगद सहयोग गरेको उनले बाँके अपडेट लाई जानकारी दिएका छन ।

यस अघि पनि उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विरामी र विरामीको कुरुवाको लागी विहान र वेलुकाको खानाको लागि १० हजार रुपैया र भेरी अस्पतालमा विरामी र विरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान र वेलुकाको खाना व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई समेतलाई माईकल सापकोटाले १० हजार सहयोग गरेका थिए ।

सापकोटाले बाँके अपडेट सङ कुराकानी गर्दै भन्छन : “अहिले हुने खानेहरु लाई त लकडाउनको खसै मतलब छैन तर जो वास्तबमा गरिब छ ,जस्ले बिहान बेलुका काम गरेर छाक टार्छ त्यस्ता ब्यक्ती वा परिवारलाई हामी सबैले सहयोग गर्न जरुरी छ । हाम्रो सानो सहयोगले कसैको ज्यान बच्छ भने हामी सबैले आफ्नो ठाउबाट सहयोग गर्न आवश्यक छ र अन्य ब्यापारि साथिहरु लाई समेत अपिल गर्दछु । जो एक छक खान नपाएर छट्पटी रहेका छन उनिहरुपनि हाम्रै दाजु भाइ नै हुन । त्यसैले यो मेरो सहयोग भन्दा पनि आत्मीयता हो ।”

उनी एक सफल युवा ब्यवसायी तथा सबैको प्यारो ब्यक्तीको रुपमा बाँके जिल्लामा परिचित छन ।

प्रतिक्रिया

सम्बन्धित ख