
कोहलपुरमा बाबुद्वारा छोराको गर्धनमा खुर्पा प्रहार गरि हत्या
जेष्ठ-१२,बाँके ।
✍️बिजय काफ्ले
बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडी स्थित करिब रातीको ९ बजे आफ्नै बुवाले छोरालाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन ।
बाबू द्वारा छोराको गर्धन (घाँटी) मा खुर्पा प्रहार गरिएको प्रहरिले जनाएको छ । पिडितको अवस्था निकै नै चिन्ताजनक देखिएकाले भेरि अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइएको थियो । अस्पतालमा पुर्याएको केही समयमा नै अस्पतालले मृतक घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीले बताएका छन ।
बाबू अन्दाजी करिब ५० बर्षिय ठाकुर प्रसाद ओलि रहेको र छोरा अन्दाजी १८ बर्षको पोषण ओलि रहेको जनाएको छ । घटना स्थलमा प्रयोग गरिएको खुर्पा भेटिएको ईलाका प्रहरी कार्यालयका Dsp रबिन्द्र खनालले जनाएका छन ।
छोरा लागू औषधमा फसेका र घरएसी बिबाद का कारण बुवाले खुडा प्रहार गरेको हुन सक्ने स्थानियले बताएका छन ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।