२३ साउन,

ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ ।

ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।

ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लो जियु–जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

जियु–जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख