१७ साउन,

बाँके । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २.७६ अंकले घटेको छ ।

आज कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर बढ्न खोजेको थियो । तर, कारोबार रोकिँदासम्ममा सामान्य अंकको गिरावटसहित बन्द भएको हो ।

यसक्रममा आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ७८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ६ वटा समूहमा सुधार आएको छ । जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ४३ अंकले बढेको छ भने लघुवित्त समूहमा ४१ अंकको सुधार आएको छ । यस्तै, जलविद्युत समूहमा २८ अंकको वृद्धि आउँदा वित्त समूह २४ अंकले बढेको छ ।

यस्तै, उत्पादनमूलक समूह ०.९२ अंकले बढ्दा म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा ६२ अंकको गिरावट आउँदा होटल र टुरिजम समूह २८ अंकले घटेको छ ।

यस्तै, विकास बैंक २२ अंक, अन्य समूह १७ अंक, निर्जीवन बीमा ७ अंक र बैंकिङ समूह ६ अंक र लगानी समूह ०.४४ अंकले घटेको छ ।

बजार घटेपनि विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख