
जेष्ठ-५,बाँके ।
✍️बिजय काफ्ले
कोहलपुर नगरपालिका पछिल्लो समय निकै विवादमा मुछिएको छ । एसि प्रकरण, क्रेटा प्रकरण,कार्यकर्ता भर्ती गर्न रिक्त रहेको कोटालाई लुकाएको आरोप, ब्यापाक भ्रष्टाचार भएको भन्दै सुचना माग गर्दा बर्ष सम्म समेत सुचना नदिएको आदि विभिन्न आरोप खेपिरहेको छ ।
कोहलपुरमा फेरि अर्को नया प्रकारण थपिएको छ । बिकास गर्ने बहानामा आवश्यकता भन्दा बढि रुखहरु काट्न ठेक्कामा दिइएको छ । ठेक्काको रकम उक्त काटिने रुखको परिणामको मुल्य भन्दा करिब दोब्बर रकमले नै कम रहेको जानकारहरु बताउछन ।
हाल ईलाका प्रशासन कार्यालयको प्राङ्गणमा एक भवन निर्माणधिन छ , तर उक्त ईलाका प्रशासन कार्यालय ,नगरशिक्षा कार्यालय र साबिक नगर बिकास समितीको भवन अन्तरगत रहेका अधिकतम आवश्यकता भन्दा बढि रुखहरु पैसा कमाउन कै निमित्त काट्न कोहलपुर नगरपालिकाले अनुमती दिएको छ ।
भवन निर्माण गर्दा केही रुखहरु सामान्यरुपमा कटान गर्न पर्ने प्रत्यक्ष अवलोकन गर्दा देखिन्छ । तर काटिन पर्ने रुख भन्दा तेब्बर बढी रुखहरु ठेक्कामा काट्न अनुमती दिनु एक गैरकानुनि संस्थागत भ्रष्टाचार र अपराध पनि हो ।
एक जानकार एबम स्थानीय नेताका अनुसार “करिब ३० लाख भन्दा बढीको काठ रहेता पनि आन्तरिक सेटिङका कारण निकै सस्तो मूल्य करिब १५ लाखमा ठेक्काको आन्तरिक रुपमा मिलाइ सस्थागत भ्रष्टाचार गरेको बताएका छन ।
महगो मुल्यको काठ लाई थोरै मुल्यांकन गरेको आरोप समेत जिल्ला बन कार्यालय बाँके लाई लागेको छ । त्यसैगरि कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत , प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपाली र जिल्ला बन कार्यालयको मिलेमतो बिना ‘महगो पर्ने विभिन्न प्रजातिका रुखहरु सस्तो मुल्यांकन गरि सस्तो मुल्यमा बोलपत्र राखिनु र काटिन पर्ने भन्दा करिब तेब्बर बढी रुखहरु कार्यालय प्राङ्गणको नै काटिनु सम्भब देखिदैन ।’
र यस कुनै पनि स्थानीय पत्रपत्रिका वा संचार माध्यम मा उक्त बोलपत्रको सुचना समेत नदेखिएकाले आन्तरिक सेटिङ नै भएको स्रोतले जनाएको छ ।
यस बिषयमा जानकारि लिन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत फोन सम्पर्क गर्दा उनी भन्छन “त्यस्तो कुनै भ्रष्टाचार भएको छैन , मैले मुल्यांकन गर्ने हैन अनि मैले कसरी सस्तो मूल्य लागाए र भ्रष्टाचार भयो ? मेरो बदनाम पार्न केही मान्छेहरु सकृय छन त्यसैले के मसाला पाम भन्दै मेरो बिरुद्ध लागि परेका छन” भन्दै यस बिषय उनी अरु केही नबोली कुरा टार्न खोजे।
हामिले फेरि प्रश्न गर्यौ ‘मेयर साब बाँके जिल्ला भरमा सबै भन्दा बडि विवाद र आरोप तपाइ मात्र किन ? भन्दा उनी भन्छन ” केही ब्यक्तिहरु अनावश्यक तर्क दिदै मेरो बदनाम गर्न कस्सिएको छन मेरो कुनै गल्ती छैन” ।
फेरो अर्को प्रश्न गर्यौ, ‘तपाईले अफ्नो कार्यकर्तालाई पैसा कमाउन कै लागि खासै आवश्यक नभएता पनि विभिन्न बहानामा समिति/उपसमिति बनाउदै वडा तथा नगरपालिकाको माध्यम बाट ठेक्का मिलाउने गर्नु हुन्छ रे नि….? भन्दा मेयर रावत चर्किदै भन्छन (जस्ताको त्यस्तै): “यसरि मेरो अनावश्यक बिरोध गर्ने मान्छेहरु सबै दिमाग फुस्केका हुन , तपाईं लाई आज मैले भने मेरा बिरोध गर्नेहरु दिमागै फुस्केका हुन । मैले कसैलाइ त्यसरि ठेक्का दिएको छैन ,वडाको योजनामा परेक ठक्का हुन सक्छ मलाइ थाहा छैन यो बिषयमा ” ।
यसैगरि ईलाका बन सेक्टर कार्यालयका कार्यालय प्रमुख मान बहादुर थापा सङ्ग फोन सम्बादत गर्दा उनी भन्छन “मन्त्रालय बाट नै आदेश आएको र सबै प्रक्रिया पुगेर नै हामिले कटान प्रक्रिया गरेका हौ , हामि बाट कुनै त्रुटि भएको छैन ।हामि माथि लगाएको आरोप झुटो हो । सबै कुरा मलाई अहिले थाह छैन कागज हेर्छु र भन्छु” ।
विभिन्न काण्ड तथा प्रकरणमा मुछिदा समेत नियमनकारी निकान मौन छन । आज सम्म कोहलपुर नगरपालिका माथी कुनै छानवीन भयो ? न त कुनै कार्बाही ! त्यसकारण सरकारि निकाएको नै बिस्वस्नियता माथी प्रश्न उठ्न थालेको छ ।
जिल्ला बन कार्यालय बाकेमा फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।