
४ साउन,
बाँके । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य वृद्धि भएको छ ।
बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।
नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् । यता विकास बैंक वित्त कम्पनी लगायतका उपसूचक भने बढेको छ ।
आज ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।
यसदिन धेरै मूल्य बढ्नेमा मल्टिपर्पस फाइनान्स लिमिटेड रहेको छ । भने मूल्य धेरै घट्ने शीर्ष ५ कम्पनीमा ४ वटा ऋणपत्र र समुहिक लगानी कोषको इकाइ रहेका छन् ।
कारोबार अवधिभर १७९ कम्पनीको सेयर कारोबार भएकोमा ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ६ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।






